२०८२ असार २ सोमबार

राशिफल

आज सेयर बजार १६.३२ अंकले बढ्यो

काठमाडौं : मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मंगलबार कुल २२४ कम्पनीको कारोबार भएको छ ।

कुल २१ हजार ७०९ वटा कारोबार भएको यस दिन ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार व्यापार र म्यूचअफ फण्डबाहेक सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहका लगानीकर्ताले कमाए ।