२०८२ जेठ २९ बुधबार

राशिफल

सुन भन्दै पहेंलो फलामका ढिक्का बेच्ने २ जना पक्राउ

काठमाडौं : सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गााउँपालिका ९ धुसुवा बस्ने ३७ वर्षीय काके भन्ने धन बहादुर सुनार र अर्घाखाँचीको मालारानी गााउँपालिका घर भइ रुपन्देही कञ्चन गाउँपालिका १ हात्तीबजार बस्ने ३७ वर्षीय नवीन भन्ने देव बहादुर मगर रहेका छन् ।

उनीहरुबाट सुन जस्तो देखिने पाहेंलो पदार्थ लगाएको फलामको ढिक्का ९, विभिन्न कम्पनीका मोबाइल सेट ४ थान, गोल्डेन रंग सहितको बट्टा १ थान र पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला बरामद गरेको छ ।