२०८२ जेठ ३० बिहीबार

राशिफल

भारतमा भ्रष्टाचार गर्ने स्वास्थ्य मन्त्री बर्खास्त

काठमाडौं : भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्री विजय सिंगलालाई भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरेका छन् ।

एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री सिंगलालाई हटाएको मुख्यमन्त्री भगवन्त मानले बताएका छन् ।

‘आम आदमी पार्टीको जन्म इमान्दार सिस्टम कायम राख्नलाई भएको हो,’ भगवन्तले भने, ‘अरबिन्द केजरीवालले आफ्ना हुन् वा पराय जो कोही भए पनि भ्रष्टाचारलाई कुनै पनि हालतमा माफ नगर्ने भन्दै आउनुभएको छ ।’

आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मुख्यमन्त्री भगवन्त मानको तारिफ गरेका छन् । ‘तपाईंमाथि गर्व छ भगवन्त, तपाईंको यो फैसलाले मेरो आँखा रसायो, पूरा देशले आज आम आदमी पार्टीमाथि गर्व गरिरहेको छ,’ केजरीवालले ट्वीट गरेका छन् ।