काठमाडौं : वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले महानगरको सार्वजनिक जग्गा हड्प्ने माथि डोजर चलाउने बताएका छन् ।
निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँगको कुराकानी बोल्दै महानगरप्रमुख सिंहले सार्वजनिक जग्गा, बाटो, नाला हडपेर बनेका संरचनामाथि डोजर चलाउने बताएका छन् ।
‘महानगरपालिकाको सार्वजनिक जग्गा, बाटो, नाला हडपेर बनेका संरचनामाथि डोजर अवश्य चल्छ ढुक्क हुनुस्’ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दछ’ नगरप्रमुख सिंहले भने ।
वीरगञ्जको मुख्य बजार घण्टाघरदेखि बिर्तासम्म सडकखण्ड बिस्तार कार्य मुआब्जा विवादका कारण अदालतमा विचाराधीन अवस्थामा रहेकोले अदालतबाट टुंगो लागे लगत्तै काम शुरु गर्ने सिंहले बताएका छन् ।
तपाइँको प्रतिक्रीया