२०८२ जेठ ३० बिहीबार

राशिफल

अरब इमिरेट्समा ग्यास सिलिन्डर विस्फोट, २ मृत्यु, १२० जना घाइते

काठमाडौं : संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । यस घटनामा परी अन्य १२० जना घाइते भएका छन् ।

प्रारम्भिक समाचारकाअनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । यद्यपी दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्वीटमा जनाइएको छ ।

सोमबार भएको विष्फोट नियन्त्रणमा आउनुअघि छ वटा भवन र धेरै पसलहरुमा आगलागि भएको समाचारमा बताइएको छ । क्षतिग्रस्त भवनहरु मध्ये चार ओटालाई सुरक्षित रूपमा खाली गरिएको थियो ।

भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ ।