२०८२ जेठ २५ शनिवार

राशिफल

नेपाल नआउने भए बलिउड अभिनेता सलमान, सकेन आयोजकले खानको माग धान्न

काठमाडौँ : बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् ।

उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको हो ।

आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो ।

आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ ।

आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरेको छ ।

यसअघि पनि सलमानको कार्यक्रम स्थगित भएको थियो भने टिकट ठगी काण्डमा आयोजक सीमान्त गुरुङ मुछिएका थिए ।