२०८२ जेठ ३० बिहीबार

राशिफल

मत हरायो भन्दै पोखरामा एमालेको विरोध

काठमाडौँ :  पोखरा महानगरको मतगणना गर्दा वडा नम्बर १८ को ९ मत हराएको भन्दै एमालेले विरोध जनाएको छ।
मतदानपश्चात् गरिएको मुचुल्का अनुसार मतगणना गर्दा ९ मत कम भेटिएकाले पुन मतगणना गर्न माग राखेको एमाले पोखराका अध्यक्ष दिलिप न्यौपानेले बताए ।

विगतमा एमालेको किल्ला भनिएको वडा नम्बर १८ मा ४ हजार ३४८ मत खसेको मुचुल्कामा उल्लेख छ ।
मतगणना गर्दा भने ४ हजार ३३९ मत मात्र भेटिएको थियो ।

उक्त मतगणना सकिँदा एमालेका वडा अध्यक्ष उम्मेदवारले १ हजार ६४० मत पाएको थियो भने कांग्रेसका वडा अध्यक्ष उम्मेदवारले १ हजार ६४३ मत पाएका थिए ।

कांग्रेस र एमालेका वडा अध्यक्षबीचको मतान्तर जम्मा ३ मत भएकाले हराएको भनिएको ९ मत फेला परे एमालेले जित्न सक्ने उनीहरूको अपेक्षा छ ।

एमालेले वडा नम्बर ३१ को पनि पुनस्मतगणना गर्न माग गरेको छ । उक्त वडामा पनि मुचुल्का भन्दा कम मतपत्र भेटिएको एमालेको दाबी छ ।