काठमाडौं : बिरामीले कागजपत्रहरु बोकेर उपचारका लागि विभिन्न अस्पतालमा भौतारिरहनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सबै सरकारी अस्पतालमा ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ लागू गर्ने जनाएको हो।
यो प्रणाली कार्यवन्यनसँगै स्वास्थ्य संस्थामा बिरामी गएदेखि उपचार हुँदा र बाहिरँदासम्मका सम्पूर्ण विवरण उक्त प्रणालीमा सुरक्षित रहनेछन् ।
बिरामीलाई उपलब्ध गराइने ‘कोड’ नम्बरबाट बिरामीका विवरणहरु जुन अस्पतालमा पुगे पनि रिर्पोट सहजै हेर्न सकिनेछ ।
तपाइँको प्रतिक्रीया