काठमाडौं : अमेरिकाको टेक्ससमा बन्धुकधारीले प्रहार गरेको गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गएको छ ।
एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गोली चलाउने १८ वर्षका युवकको पनि ज्यान गएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएको छ ।
तपाइँको प्रतिक्रीया