२०८२ जेठ ३२ शनिवार

राशिफल

यूएईमा पनि देखियो मङ्कीपक्स

काठमाडौं  :  मङ्कीपक्स यूएईमा पनि देखिएको छ । नेपालीहरुको लागि वैदेशिक रोजगारीको प्रमुख श्रम गन्तव्य देश यूएईमा एक जनामा मंकिपक्स देखिएको हो ।

पश्चिमी अफ्रिकाबाट फर्किएकी २९ वर्षीया एक महिलामा मङ्किपक्सको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यूएईका स्वास्थ्य अधिकारीहरुले यो विषयलाई गम्भीरताका साथ लिएका छन् ।

मङ्कीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जङ्गलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातिका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, र्याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवम् मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो सङ्क्रमण हुनसक्छ ।