२०८२ जेठ २२ बुधबार

राशिफल

क्यानद्धारा फ्रेन्चाइज टिमको नाम सार्वजनिक

काठमाडौं  : नेपाल क्रिकेट संघ क्यानले आगामी असोज-कात्तिकमा आयोजना गर्ने पहिलो संस्करणको नेपाल टी २० लिग खेल्ने फ्रेन्चाइज टिमको नाम सार्वजनिक गरेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैडकले नेपालको सात प्रदेश मध्ये कर्णालीबाहेक ६ प्रदेशका ६ टिमको नाम बुधबार सार्वजनिक गरेको हो ।

क्यानका अनुसार विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनीरभैरहवा र सुदूरपश्चिम रहेको छ ।

क्यानले जेठ ४ गते पत्रकार सम्मेलन गरी असोज ८ देखि कात्तिक ५ सम्म नेपाल टी २० लिग हुने जानकारी गराएको थियो । लिगका खेल त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

क्यानले अब आफ्नै आधिकारिक फ्रेन्चाइज लिग आयोजना गरेन भएपछि अहिले भएका विभिन्न फ्रेन्चाइज लिगलाई नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै अब भने राष्ट्रिय लिगको मान्यता नदिने र क्षेत्रीय लिगको संरचनामा आयोजना गर्ने अनुमति दिने निर्णय समेत गरेको जनाएको छ ।

क्यानले आफ्नै लिग घोषणा गरेपछि नेपालकै चर्चित लिगको रुपमा चार संस्करण बयोजना भएको एभरेष्ट प्रिमियर लिग इपीएल आयोजक र त्यसका फ्रेन्चाइजले पत्रकार सम्मेलन गरेर क्यानले इपीएल आयोजना गर्न नदिए क्यानकै कार्यक्रम बहिरस्कार गर्ने घोषणा समेत गरेको थियो ।