२०८२ जेठ ३० बिहीबार

राशिफल

चट्याङ्ग लागेर एक बालकको मृत्यु

काठमाण्डौं : गएराती कपिलवस्तुमा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको शिवराज नगरपालिका–६ पिपरी निवासी ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको हो ।

सोही ठाउँमा पानी परिरहेका बेला पिपलको रुखमुनि ओत लागेका बेला अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएका थिए ।

रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै चट्याङ लागेर घाइते भएका ३० वर्षीय नुर महमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।