२०८२ जेठ ३१ शुक्रबार

राशिफल

आज सेयर बजार १४.३७ अंकले बढ्यो

काठमाडौं : सेयर बजार सूचक नेप्सेमा बुधबार दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १४.३७ अंकले बढ्दै नेप्से २२३१.५७ अंकमा उक्लिएको हो ।

यसदिन ‘क’ वर्गका सेन्सिटिभ इन्डेक्स समेत २.४२ अंकले बढ्दै ४३५.०९ अंकमा पुगेको छ । तर समग्रमा १४ अंक माथिले नेप्से बढेको यस दिन कारोबार भने एक अर्बमा सीमित हुन पुगेको छ ।

अन्तिम समयसम्म २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर २२ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा एक अर्ब ४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।