काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले का उम्मेदवार निर्वाचित भएका छन्।
पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी निर्वाचित भएका हुन्।
मेयरका निर्वाचित खड्काले नेपाली कांग्रेसका उम्मेदवार गेहन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पराजित गरे। उनले ३१ हजार ४०८ मत पाए भने कांग्रेसका गिरीले २७ हजार ७१७ मत पाए।
र उपमेयरमा एमालेकी चौधरीले नेकपा एकीकृत समाजवादी का जोगबहादुर रानालाई नौ हजार ५३२ मतान्तरले पराजित गरिन्। चौधरीले ३० हजार ५९७ मत पाइन् भने रानाले २१ हजार ६५ मत पाए।
तपाइँको प्रतिक्रीया