२०८२ जेठ २२ बुधबार

राशिफल

६ जना खेलाडीलाई ज्याप क्रिकेट किट प्रयोजन गर्ने मौका

काठमाडौं : ६ जना राष्ट्रिय खेलाडीलाई ज्याप नेपालले क्रिकेट किट प्रयोजन गरेको छ ।

सन्दीप लामिछाने, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, भीम सार्की र आदिल आलमलाई ज्याप नेपालले ब्याट र क्रिकेट कीट प्रायोजन गरेको हो । यो प्रयोजन एक वर्षसम्मका लागि रहने छ ।

ज्याप नेपालका भव्य भारद्वाजले खेलाडीहरुलाई ब्याट र क्रिकेट किट प्रदान गर्दै अन्य खेलाडीलाई पनि यस्तो सहयोग गर्ने बताएका छन्।

महिला क्रिकेटरलाई पनि सहयोग गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए । पूर्व क्रिकेटर तथा ज्याप नेपालका प्रतिनिध लाक्पा लामाले क्रिकेटरलाई सामाग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताए ।