बाँके ःकोहलपुर नगरपालिका–११ पिपलचौतारामा आज ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१३ का २९ वर्षिय राम सेवक थारु रहेका छन् ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । भे १ स ४९४१ नम्बरको अटोलाई भारतीय नम्बर प्लेटको ट्रकले आज दिउँसो पौने १ बजे ठक्कर दिएको थियो ।
दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइँको प्रतिक्रीया