काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारको घटनामा कानुनमा रहेको हद म्याद हटाउने बताएका छन् ।
बुधबार नेपाली कांग्रेसका नेतृहरूले स्थानीय तहको जनप्रतिनिधिमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महंगी बढेको तथा सामाजिक अपराधका घटनाहरुमा न्याय निरुपण जटिल बनेको भन्दै गरेको ध्यानाकर्षणमा देउवाले हद म्याद तत्काल हटाउने प्रतिवद्धता जनाएका छन।
ध्यानाकर्षणपत्र बुझाउँदै संसदीय दल सचेतक पुष्पा भुषालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएकोमा ध्यानाकर्षण गराएकी थिइन् ।
तपाइँको प्रतिक्रीया