२०८२ जेठ ३१ शुक्रबार

राशिफल

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन बढ्यो

काठमाडौं : म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । अनुकूल मौसम, सुन्तलाको क्षेत्रफल विस्तार, रोग तथा किराको प्रकोप नियन्त्रण, किसानलाई विषादी र बिउबिजन सहयोग भएपछि सुन्तलाको उत्पादन बढेको हो ।

म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलको जमिन सुन्तला खेतीले ढाकेकोमा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले बताएको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले दुई हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भइ १० करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको बताए ।