काठमाडौं : पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबर्ड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् ।
तपाइँको प्रतिक्रीया