काठमाडौं : आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार बढेको छ । सरकारले आगामी आर्थिक वर्ष सेयर बजारमा लचिलो नीति लिने संकेत नीति तथा कार्यक्रमले गरेको छ ।
सोही अनुसार बजेट आउनु अगाडि बजार बढिरहेको छ । बिहीबार बजार ८.०३ प्रतिशतले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । यस दिन उपसमूहहरुमा मिश्रित परिणाम देखिएको छ ।
बिहीबार २२२ कम्पनीको १८ हजार ८०८ वटा कारोबारबाट २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार कारोबार रकम भने मात्र ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको मात्र भएको छ । बिहीबार मेघा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर २४७.५० रुपैयाँ पुग्यो ।
तपाइँको प्रतिक्रीया