काठमाण्डौ : नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गरेका छन्।
आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश पठाउनुको साटो गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाउन दिनुपर्ने बताए ।
यसका लागि संसदमा दर्ता भएको विधेयकलाई कानुनी स्वरूप दिनुपर्ने तामाङको भनाइ छ ।
तपाइँको प्रतिक्रीया