२०८२ जेठ ३२ शनिवार

राशिफल

विद्यार्थीको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन कायमै

काठमाण्डौ : सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरूले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

आज बिहीवार काठमाण्डौको माइतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका दुई जना शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा विद्यार्थीले हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएका थिए । उनीहरूले यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थीले महिला छात्रामाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समययता विरोध प्रदर्शन गरिरहेका छन् ।