काठमाडौं: रूपन्देहीको सैनामैनाबाट एक वृद्धलाई फलाम दिई हातमा लगाएको सुनका गहना लिई फरार हुने दुई जना रूपन्देहीकै कञ्चन गाउँपालिकाबाट पक्राउ परेका छन् ।
हेर्दा सुनजस्तो देखिने रंग लगाएको सुनौलो रंगका ९ वटा फलामको ढिक्का दिएर बुटवल–१७ की ४० वर्षीया धन सोमैको साथबाट हातमा लगाउने ब्रासलेट सुनको चेन लिएर फरार भएकालाई प्रहरीले समाएको छ ।
पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा गाउँपालिका–९ धुसवाका ३७ वर्षीय काके उपनामका धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका–३ घर भई रूपन्देहीको कञ्चन–१ हात्तीबजार बस्ने ३७ वर्षीय कोनविन भनिने देवबहादुर मगरलाई प्रहरीले शनिबार कञ्चनको हात्तीबजारबाटै पक्राउ गरेको हो ।
तपाइँको प्रतिक्रीया