प्रेमिकालाई भेट्न मन लाग्यो कि एकजना व्यक्तिले पूरा गाउँभरी लोडसेडिङ गराएको थाहा पाएपछि इलेक्ट्रिसियनको जागिरबाट उनलाई निष्कासन गरिएको छ ।
भारतको पूर्वी बिहारस्थित एउटा सानो गाउँ गणेशपुरका मानिसले हप्तौँसम्म बारम्बार लोडसेडिङको सामना गर्नुपरेको थियो ।
यस्तो समस्या कसरी निम्तियो भनेर कसैलाई पनि थाहा थिएन किनभने खासै त्यस्तो समस्या कतै पनि देखिएको थिएन । यस्तो समस्या छिमेकी गाउँ कतै पनि देखिएको पनि थिएन ।
आजित भएका गाउँलेले लोडसेडिङको समय याद गर्न थाले । लोडसेडिङ त सधैँ सूर्यास्त भएको केही घण्टापछि मात्रै हुने गर्दथ्यो । उनीहरुलाई यसमा शंका लाग्यो तसर्थ गाउँलेले अनुसन्धान गर्ने निधो गरे ।
विगतका हप्ताहरूमा प्रायजसो बिजुली गएपछि, एक रात गणेशपुरका धेरै बासिन्दाहरूले समस्याको जवाफ खोज्ने निर्णय गरे । सडकहरू घुम्दै हिँडिरहेका उनीहरु गाउँकै एक विद्यालयको आँगनमा पुगे जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका दुई प्रेमी–प्रेमिका भेट्टाए ।
उनीहरुलाई सोधपुछ गर्दै जाँदा प्रेमी इलेक्ट्रिसियन भएको पत्ता लाग्यो जसले प्रेमिकालाई प्रत्येक पटक भेट्न जाँदा रातको समयमा दुई तीन घण्टा लोडसेडिङ गर्ने गर्दथे । आफूहरु डेटिङमा रमिरहेको गाउँलेले नदेखू्न् भनेर यस्तो गरेको ती प्रेमीले बताए ।
हप्तौँसम्म पूरा गाउँलाई अन्धकारमा राखेको स्वीकार गरेपछि ती इलेक्ट्रिसियनलाई गाउँलेले कुटपिट पनि गरे । उनलाई सजाय स्वरुप पूरा गाउँ पनि घुमाइयो ।
तर यो घटनाको सुखद अन्त्य पनि भयो । यी दुईको गोप्य रोमान्सबारे पर्दाफास भएपछि गाउँका मुखियाले यी दुईको विवाह गरिदिने निधो पनि गरे ।
तपाइँको प्रतिक्रीया