२०८२ असार ७ शनिवार

राशिफल

दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं  :  दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको बंगलाचुली गाउँपालिका ८ रानीखुट्टीको जंगलमा हिजो शुक्रबार दिउँसो करिब १२ सिकार खेल्न गएको क्रममा आफैले बोकेको बन्दुक आफ्नै निधारछेउको भागमा पट्किँदा उनको घटना स्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा लमही १ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्तीमरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए।

‘सिकर खेल्न बारुद भरिएको बन्दुक भिरेर लस्करै हिँडेको बेला पट्किएको बुझिएको छ।
जसमध्ये एक जनाको मृत्यु भयो भने बाँकी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई जना नाबालक छन्।

प्रहरीले लमही–१ वसन्तपुर निवासी ४० वर्षीय जीवलाल घर्तीमगर, सोही ठाउँका ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, २८ वर्षीय मृतकका दाइ मिनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।