काठमाण्डौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्सपोज नेपालले आज आयोजित जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उनले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गरिन् ।
मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । ‘महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ’, उनले भनिन्,
तपाइँको प्रतिक्रीया