२०८२ जेठ ३२ शनिवार

राशिफल

ओलीबाहेक एमालेका सबै नेता, कार्यकर्तासँग मिल्न सक्छु – प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेतारकार्यकर्तासँग मिल्न सकिने बताएका छन् ।

शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो केपी ओलीको अहंकार यति धेरै धम्स नहुने हो भने अरु सबै एमालेका नेतारकार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’

तर, केपी ओलीकै व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ ।