काठमाडौं : प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि छलफल चलिरहेको छ । सत्तारुढ र विपक्षी दलका सांसदहरु नीति तथा कार्यक्रममाथि धारणा राखिरहेका छन् ।
त्यही क्रममा शनिबार प्रतिनिधिसभाको रोष्ट्रममा जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र बहादुर महत ताला र चाबी लिएर पुगे । उनका अनुसार उनी ताला चाबी लिएर रोष्ट्रम उक्लनुको कारण हो– बोल्नका लागि कम समय दिइनु ।
महत माओवादी केन्द्रका सांसद हुन् । माओवादी केन्द्रबाटै सांसदमा निर्वाचित अग्निप्रसाद सापकोटा सभामुख छन् । सांसदहरुलाई बोल्न दिँदा समयमा विभेद गरिएको भन्दै सांसद महतलले सभामुखलाई ताला र चाबी बुझाए ।
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बोल्न सांसदहरुलाई समय निर्धारण गरिएको छ । पूर्व प्रधानमन्त्री र राष्ट्रिय दलका संसदीय दलका नेतालाई समय निर्धारण नगर्ने अभ्यास छ ।
बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले करिब ३ घण्टा बोलेका थिए ।
‘
तपाइँको प्रतिक्रीया