काठमाण्डौ : कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आउँदो आर्थिक वर्षको बजेटले कृषि उत्पादन र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउए छन् ।
काठमाण्डौमा भएको एक कार्यक्रममा मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको उल्लेख गर्दै यो क्षेत्रलाई सुधारेर मात्रै आर्थिक विकास सम्भव भएको बताए ।
अहिले कृषि उत्पादनकै आयात डरलाग्दो भएको भन्दै उनले एक वर्षमा उत्पादन बढाएर कृषि क्षेत्रमा आत्मनिर्भरताको प्रयास गर्ने र बिस्तारै निर्यातको बाटो लिने बताए ।
उनले नेपालमा जनशक्तिको अभाव रहेको पनि बताए । आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेकोले कृषि नीति बनाएर नै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइने स्पष्ट पारे ।
नेपालको कृषि उत्पादन व्यवसायीकरण नभएको भन्दै उनले कृषिमा हुनुपर्ने बजारीकरण, यान्त्रिकीकरण, भण्डारणको व्यवस्थापन लगायतको क्षेत्रमा सरकारले काम गर्ने बताए ।
तपाइँको प्रतिक्रीया