२०८२ जेठ २७ सोमबार

राशिफल

२४ घन्टादेशभर थप ८ जनामा कोरोना, ११४ सक्रिय संक्रमितमा 

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जनामा संक्रमण पुष्टि भएको हो।

एक हजार ९६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।एक हजार ११९ जनाको पिसिआर र ८ सय ५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १५ जना कोरोनामुक्त भएका छन्।

अहिले देशभर ११४ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।