२०८२ जेठ २९ बुधबार

राशिफल

राष्ट्रिय टोलीका कप्तान सन्दीपले अमेरिकामा धेरै खेल जित्ने बनाए योजना

काठमाडौं ; नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीले अमेरिकामा धेरै खेल जित्ने योजना बनाएको बताएका छन् । टिमको सन्तुलन राम्रो भएको र तयारी पनि राम्रो भएका कारण उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको उनले भने ।

सन्दीपले लिग टू अन्तर्गत धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि यो सिरिज निकै महत्वपूर्ण रहेको बताए ।

अमेरिकाको वातावरण हाम्रो जस्तै छ । केही बढी हिउमिडिटी रहेको छ । हामी त्यसका लागि तयार भइसकेका छौं र टोलीले पनि सोहीअनुसार तयारी पनि गरेको छ । टिम सन्तुलित टोली छ ।

हामी सबै पक्षमा तयार छौं । हामी एकदिवसीय मान्यतालाई जोगाउने भन्दा हामीले हाम्रो खेललाई सुखद बनाउने योजनामा हुनेछौं । राम्रो भएको अवस्थामा एकदिवसीय मान्यता अवश्य जोगिनेछ,’ सन्दीपले भने ।