काठमाडौं : पाकिस्तानको आर्थिक संकटलाई लिएर नयाँ बहस शुरु भएको छ। पाकिस्तान ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ। यस संकटका बीच पाकिस्तानको शाहबाज शरीफ सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढाएर आम मानिसको अवस्था नाजुक बनाएको छ।
मुद्रास्फीति बढेको छ, तेलको मूल्यले रेकर्ड ब्रेक गरेको छ, राजनीतिक वातावरण अस्थिर बनेको छ। विगत केही महीनादेखि खस्किँदै गएको अर्थतन्त्रलाई सम्हाल्न पाकिस्तान सफल भएको देखिदैन। गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकापछि पाकिस्तान पनि सोही अवस्थामा देखिएको छ।
पाकिस्तान यसरी गहिरो आर्थिक संकटमा कसरी फस्यो यसको श्रृंखला निवर्तमान पाकिस्तानी प्रधानमन्त्री ईमरान खानको बहिर्गमनपछि शाहबाज शरीफको सरकार बनेसँगै शुरु हुन्छ। शरीफ सरकारले पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ। योसँगै त्यहाँ पेट्रोल र डिजेलको मूल्यले अहिलेसम्मका सबै रेकर्ड तोडेको छ।
यो वृद्धिसँगै पाकिस्तानमा एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ, डिजेल प्रतिलिटर १७४ रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। पेट्रोल र डिजेलको मूल्य बढेको घोषणापछि पाकिस्तानका धेरै पेट्रोल पम्पमा लामो लाइन देखिएको छ।
तपाइँको प्रतिक्रीया