काठमाडौं : गृह मन्त्रालयले यही ४ जेठमा कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानबिन गर्न समिति गठन गरीएको छ।
कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ।
मन्त्रालयले उक्त घटना कसरी घटेको हो र सो सम्बन्धमा के कसो भएको हो भनी स्थलगतरुपमा अध्ययन, अनुसन्धान र छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देश गरेको छ।
समितिको प्रतिवेदन पश्चात घटनाको सत्यतथ्य उजागर हुने र भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अबलम्बन गरिने मन्त्रालयले जनाएको छ।
तपाइँको प्रतिक्रीया