काठमाडौं : आज प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेले सांसदका प्रश्नको जवाफ दिएका छन्। यससँगै ‘प्रिबजेट’ माथिको छलफल सकिएको छ।
अब प्रदेश सभाको जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ।
शुक्रबारदेखि शुरू भएको प्रदेश सभाको दशौं अधिवेशन अन्तर्गत शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९ र ८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो।
छलफलका उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्मकट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकता तयार पारेको बताए।
उनले सोही अनुसार सरकारको बजेटले जनतालाई सम्बोधन गर्ने र कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम ल्याउन सरकार सक्रिय रहेको बताए।
तपाइँको प्रतिक्रीया