२०८२ असार १ आइतबार

राशिफल

निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिन्छ : नेता वर्षमान

काठमाडौं ; नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पार्टीको नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने बताएका छन् । पार्टीको हितविरुद्ध काम गर्ने र पार्टीलाई बदनाम गर्ने काम भए कारबाही गरिने पनि बताएका छन् ।

पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले राम्रो काम गर्न निर्देशन दिएका हुन् । उनले निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने बताए ।