काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।
खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।
तपाइँको प्रतिक्रीया