२०८२ असार १ आइतबार

राशिफल

बेपत्ता युवती महिनौपछि मृत भेटीइन्

काठमाडौं : पाल्पामा बेपत्ता भएको एक युवती महिनापछि मृत अवस्थामा फेला परेकी छन्।

पाल्पाको रम्भा गाउँपालिका ३ अमिलेका वीरबहादुर विश्वकर्माकी २२ वर्षीया छोरी अस्मिता विश्वकर्मा शनिवार कालिगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

अस्मिता गत बैशाख ११ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। खोजतलास गर्ने क्रममा उनको शव घरदेखि तीन किलोमिटर टाढा कालिगण्डकी नदी किनारमा फेला परेको डीएसपी थापाले बताए।

शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा ल्याइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।