काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेको र बीचमै सम्पर्क विहिन भएको तारा एयरको जहाजका पाइलटको मोबाइलमा भने फोन लागिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पाइलटको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोनको घण्टी गइरहेको छ ।
दिउँसो सवा एक बजे हामीले पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गर्दा फोनको रिङ बज्यो तर फोन उठ्न सकेको छैन,’ ठाकुरले भने, ‘नेपाल टेलिकमबाट उक्त मोबाइलको लोकेसन माग्दा मुस्ताङ्गको टीटी देखाएको छ ।’
मुस्ताङको टीटी ताल तर्फ मान्छे पठाउँदा त्यस क्षेत्रमा विमान नभेटिएको ठाकुरले बताए ।
तपाइँको प्रतिक्रीया