२०८२ असार १ आइतबार

राशिफल

तारा एयरको विमान : तथ्य कम, बढी भ्रम

आइतबार बिहानै विमान सम्पर्कविहिन भएको अपुष्ट खबर आयो । सम्पर्कविहिन विहिन विमान रहेछ पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान ।

ताराको विमान १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।

सम्पर्क विहिन विमानको खोजी कार्य चलिरहेको बेला मुस्ताङस्थित घाँसाका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि विमान खोज्ने टोली त्यसतर्फ गएको विभिन्न संचार माध्ययमहरुले उल्लेख गरे ।

त्यस वखत केही वेरमै सामाजिक संजालमा कतै हार्दिक श्रद्धाञ्जली त कतै दुःखद खबर लेख्नेको ओइरो लागेको देखिन्थ्यो ।

उनिहरुले राखेको फेसबुक पोष्टमा न त विमान दुर्घटना भएको भन्ने वास्तविक तस्वीर नै थियो न याथार्थ कुरा नै थियो ।

थियो त हार्दिक श्रद्धान्जली अनि रिप, दखःद खबर र धेरै वर्ष अघि दुर्घटनाग्रस विमानको तस्वीर ।

यसरी जथाभावी पोष्ट गरिएका भ्रामक तस्वीरका कारण सत्य, तथ्यमा आधारित रहेर काम गर्ने छुट्टै विशेषता भएका, विश्वसनियता बोकेका प्रतिष्ठित संचार माध्ययमलाई भने चुनौती थपिदै गएको प्रष्ट हुन्छ ।

किनभने घटना विषयक सुचना सम्प्रेषण जथाभावी हुँदा अब त श्रोता, दर्शक, पाठक नै अलमलमा पर्न थालिसके ।

भगवानरुपी श्रोता, दर्शक अनि पाठक अलमलिनु भनेको सामान्य कुरा भने हैन । उनिहरु अलमलमा पर्नु भनेको सिंगो मिडिया क्षेत्र नै अलमलमा पर्नु हो भन्ने बुझिन्छ ।

पछिल्लो समयमा मिडियाको बढ्दो उपस्थिति र भीडले निम्त्याएका केही राम्रा पक्ष पनि छन्। यसले पत्रकारहरूमा रोजगारी सिर्जना तथा अल्पसङ्ख्यक मानिसलाई आफ्नो आवाज मुखरित गर्न उत्प्रेरणा दिएको होला।

यसले युट्युब, फेसबूक, गुगल जस्ता डिजिटल प्लेटफर्ममा प्रकाशन भएका समाचार सामग्री बढी हेरिएको आधारमा नेपालमा विदेशी मुद्रा भित्र्याएको होला ।

तर थोरै जनशक्ति भएका सञ्चार माध्यममा सूचनाको प्रमाणीकरण फितलो बनेको छ । एकपक्षीय समाचारहरूको बोलवाला छ । अफवाह फैलाउन सघाएको छ ।

पत्रकारिताको आवरणमा राजनीतिक कार्यकर्ताहरूको मानहानि र गालीबेइज्जती बढाएको छ । समाचार आफैं खोज्ने भन्दा सञ्चार संस्था अरूका समाचारमा निर्भर हुनुपर्ने अवस्था छ ।

केही समयअघि मिडियाको अवस्था सामान्य नै थियो । भ्रामक समाचार मिडियामा छ्यापछ्याप्ती आउँन थालेको त धेरै भएको छैन । प्रविधीको बढ्दो विकाशक्रमसँगै यो क्रम मौलाएको हो ।

अब सरकारले यस्ता कार्यलाई कम गराउँन संञ्चार नितिलाई थप परिमार्जन गरी कडाई गर्नुपर्ने देखिन्छ ।

 

रमन वन