२०८२ असार १ आइतबार

राशिफल

लमजुङमा टिपर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं : लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ ।

मध्यनेपालस्थित भोर्लेटारबाट आइतबार दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेको मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीन जनाको सोही टिपरले च्यापिएर मृत्यु भएको छ । यतिबेला उनीहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । सबै जना सोही मार्गमा काम गर्ने मजदुर रहेको बताइएको छ र्।े