काठमाडौं : गएराति कटारी नगरपालिका १४ भदौरेमा ना ८ ख ८२९७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालक बाराका ३३ वर्षका सुदीप घलान, सहचालक नितेश खड्कासहित ट्रकमा रहेका १६ वर्षका अनुस लामा र ३७ वर्षका राजन तामाङको मृत्यु भएको प्रहरीले बताएको छ ।
बाराको पथलैयाबाट सिमेन्ट बोकेर सोलुखुम्बुका लागि छुटेको ट्रक दुर्घटनामा परेको हो ।
यसैबीच, दाङको राप्ति गाउँपालिका ४ श्री नारायण चोकमा अस्थायी नम्बर प्लेटको ट्रकको ठक्करबाट स्थानीय ५२ वर्षका बलु गिरीको ज्यान गएको छ ।
तपाइँको प्रतिक्रीया