२०८२ असार १ आइतबार

राशिफल

तारा एयरको विमान दुर्घटनामा १६ जनाको मात्र शव भेटियो

काठमाडौं : तारा एयरको विमान दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार दुर्घटनामा ज्यान गुमाएका १६ जनाको शव भेटिएको हो।

तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान दुर्घटना भएको हो।

उक्त विमानमा एकै परिवारका सातसहित १९ जना यात्रु र चालक दलका तीन जना सवार थिए।

दुर्घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयबासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन्।

उनीहरुले १६ जनाको शव भेटे पनि ती शवको पहिचान खुल्न सकेको छैन। विमानमा सवार केही यात्रुका बारे अझै जानकारी आएको छैन।

प्राधिकरणका अनुसार अहिले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जनाएको छ।