२०८२ असार १ आइतबार

राशिफल

मृगलाई हानेको गोली मगरलाई लागेपछी…

काठमाडौं : ऐरावती गाउँपालिका १ दाङमा भरुवा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ ।

सिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतवार गोली लागेर मृत्यु भएको हो ।

दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले मृगलाई हानेको गोली आलेमगरको टाउकोमा लागेको प्रहरीले जनाएको छ ।

घटना आइतबार दिउँसो भए पनि प्रहरीलाई राती मात्र खवर आएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

प्रहरीले सिकार खेल्ने क्रममा प्रयोग भएको २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

त्यसैगरी बन्दुक हान्ने ज्ञानबहादुर नेपालीसहित दस जनालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा ओमबहादुर पुन, कृष्णबहादुर पुन मगर, भुपबहादुर पुन मगर, टिकाराम पुन, ड्यामबहादुर पुन, झविन्द्र थापा, विशाल घर्ती, झिमरुक गाउँपालिका ४ बस्ने गुञ्जबहादुर पुन रहेका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

उनका अनुसार ४ जना व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।