२०८२ असार १ आइतबार

राशिफल

राष्ट्रपतिले तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति गरिन श्रद्धाञ्जली व्यक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् राष्ट्रपति भण्डारीले दुर्घटनामा मृत्यु हुने चालक दलका सदस्य तथा यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

‘यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले लेखेकी छन्, ‘सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यान केन्द्रित गर्दछु ।’

आइतवार पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको थियो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।