२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अस्पतालमा उपचार गर्न आएकी ज्येष्ठ नागरिकको पैसा चोरी

काठमाडौं : चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आएकी एक ज्येष्ठ नागरिकको पैसा चोरी भएको छ ।

टिकट काट्ने ठाउँमा लाइन  बसिरहेको समयमा ७४ वर्षीया मण्डली खनालको झोलामा भएको करिब २८ हजार रुपैयाँ चोरी भएको उनले बताइन् ।

उनी घाँटीको उपचारका लागि अस्पताल आएकी थिइन् ।अस्पताल परिसरमा ५५ भन्दा बढी सिसिक्यामेरा जडान गरिएको भए पनि दिनहुँजसो पैसा, पर्स र मोबाइल चोरीका घट्ना बढ्दै गएका छन् ।