२०८२ असार १ आइतबार

राशिफल

त्रियुगा नगरपालिकामा एमालेका उम्मेदवार विजयी

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका–१० को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुख र सूर्य चिह्नमा बराबरी मत १०५३–१०५३ आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन का लागी चिट्ठा गरिएको हो ।

चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाश खड्का पराजित हुनुभएको छ ।दुवै जनाबीच कडा प्रतिस्पर्धा चलिरहदा अन्तिममा मत बराबरीआएको थियो ।