काठमाडौं : शेयर बजार आज ५० अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ३३ अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव ४४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दुई सय २७ कम्पनीको ३४ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको चार करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
तपाइँको प्रतिक्रीया