२०८२ जेठ ३२ शनिवार

राशिफल

कतारी राजकुमारी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनिन्

काठमाडौं : कतारी राजकुमारी आश्मा विन्त थानी अलथानी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् ।

कतार ओलम्पिक कमिटीले आइतवार साँझ ट्वीट गर्दै सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरिएकोमा खुशी व्यक्त गरेको छ ।

राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन्, जसले नेपाल(भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कञ्चनजंगाको सफल आरोहण गरेकी थिइन् ।

आश्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोष्ट लेख्दै उनले आफूले देखेको सपना पूरा भएको बताएकी छन् । साथै उनले ठूलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् ।

सपना देखेपछि त्यसलाई पूरा गर्ने हिम्मत आउने उनको भनाइ छ ।

सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबी महिला राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरिसकेकी छन् ।