काठमाण्डौ : पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ११ जनाको नमुना परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा १३ जना निको भएसँगै अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय दुई जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।
थप १३ हजार आठ सय २९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया