२०८२ असार २ सोमबार

राशिफल

हेलिकप्टर प्लेन जम्मै सेकेन्ड ह्यान्ड र थर्ड ह्याण्ड आउँछन : मन्त्री आले

काठमाडौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपालमा नेपालमा जहाज र हेलिकप्टर सेकेन्ड ह्यान्ड, थर्ड ह्याण्ड आउने गरेको आफूले पाएको बताएका छन् ।

आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालमा जहाजहरु सेकेन्ड ह्यान्डको रङरोगन गरेर आउने गरेको आफूले सुनेको भन्दै मन्त्री आलेलाई प्रश्न गरेका थिए ।

उनको प्रश्न थियो, ‘नेपालमा आउने सम्पुर्ण बिमान सेकेन्ड ह्याण्ड भन्छन् के हो ?

मन्त्री आलेले जवाफ दिए, ‘हेलिकप्टर प्लेन जम्मै सेकेन्ड ह्यान्ड थर्ड ह्याण्ड आउदो रहेछ ।’ तर, मन्त्री आलेले यसबारे थप विवेचना गरेनन् ।

नेपालमा बारम्बार जहाज दुर्घटनामा पर्नुको कारण के हो ? भनी सांसदहरुले राखेका जिज्ञासाको जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले दिए ।